बैशाख २८, २०८१, शुक्रबार
               

प्रचलित कानूनमा रहेर गरिने कार्यमा बन्देज लगाइने छैन : गृह मन्त्रालय

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । 

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै, ‘नेपालको संविधान, प्रचलित कानून र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ’, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि