बैशाख २१, २०८१, शुक्रबार
               

प्रकाश रोकायाले गरे ओवादी केन्द्र परित्याग

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

नेकपा (माओवादी केन्द्र)का नेता प्रकाश रोकायाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

उनले आज पत्रकार सम्मेलन गरी माओवादी केन्द्र परित्यागको घोषणा गर्दै नेकपा एमालेमा फर्किने बताएका हुन् । 

तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निष्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाएका हुन् । 

एमालेमा जानकोा लागि अहिले नेतासँग अन्तिम छलफल भइरहेको उनको भनाइ छ । ‘कम्युनिस्ट आन्दोलन बचाउनका लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिए पनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु’, उनले भने ।

उनले कम्युनिस्ट आन्दोलन बचाउनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइरहेको बताए । माओवादी केन्द्र लाखौँ कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै जनताको इच्छा र चाहनाविपरीत अगाडि बढिरहेको उनको आरोप छ । 

सरकार गिराउने, पार्टी फुटाउने र सम्मानित सर्वोच्च अदालतबाट प्रधानमन्त्री चयन गर्न आदेश जारी गर्ने र गराउनेजस्ता शक्ति पृथकीकरण सिद्धान्तविपरीतका साथै अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध आफू उभिएको उनले स्पष्ट पारे । 

उनी २०७० सालमा एमाले परित्याग गरी २०७१ सालमा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेका थिए । रोकाया २०४७ सालदेखि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएर प्रारम्भिक कमिटी, इलाका कमिटी हुँदै २०६३ सालमा अनेरास्वियुको केन्द्रीय सदस्य भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि