बैशाख २८, २०८१, शुक्रबार
               

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन भोलि अन्त्य गरिने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

उनकाअनुसार असोज १५ गते शुक्रबारराति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो । सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतारहतारमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि