बैशाख २८, २०८१, शुक्रबार
               

प्रतिनिधिसभा बैठकमा फेरि एमालेको अवरोध, मंगलबारसम्म बैठक स्थगित

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए ।

तर, सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय पत्र पढेर सुनाए । बजेट आश्रित दुईवटा विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको पत्र सभामुखले सुनाएका हुन् ।

त्यसपछि प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको प्रतिवेदन पेश गरे । सो प्रतिवेदन पेशपछि सभामुख सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरे । बिहीबार एमालेको अवरोधबीच बैठक करिब ८ मिनेट चलेको थियो ।


कस्तो लाग्यो ?

यो पनि