बैशाख २९, २०८१, शनिबार
               

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली सहभागी नहुने

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । 

प्रतिनिधिसभा बैठक अवरोध हटाउने बारे छलफल गर्न देउवाले बोलाएको सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठकमा अध्यक्ष ओली सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

अध्यक्ष ओली सहभागी नभएपछि अरु पनि बैठकमा पार्टीका अन्य नेताहरु पनि सहभागी हुने सम्भावना निक्कै कम भएको उनको भनाइ छ । 

बिहान १० बजे बस्ने सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि