बैशाख २९, २०८१, शनिबार
               

आज प्रतिनिधिसभाको बैठक बस्दै

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

 काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्र रहेको छ ।

यही सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । उक्त खारेजसम्बन्धी पत्रको व्यहोरा आजको संसद बैठकमा सभामुखले पढेर सुनाउने संसद सचिवालयले जनाएको छ । 

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सचिवालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि