बैशाख २१, २०८१, शुक्रबार
               

माधव नेपालको टिचिङ अस्पतालमा उपचार हुँदै

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वास्थ्यमा समस्या आएको छ । 

नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ । 

अहिले नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । चिकित्सकहरुले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । 

नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न छ । 


कस्तो लाग्यो ?

यो पनि