बैशाख २६, २०८१, बुधबार
               

मुख्यमन्त्री लालबहादुर राउतले असोज २० गते विश्वासको मत लिने

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको विशेष अधिवेशनमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेश सभा अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

 जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि प्रदेश सभामा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।  संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।  

१०४ सदस्यीय प्रदेश सभामा जसपाका ३९, कांग्रेसका १९, माओवादीका ८ सांसद छन् । नेकपा (एकीकृत समाजवादीका १३ सांसद छन् । एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरिएको छ ।  मुख्यमन्त्री राउतको सचिवालयले पनि २० गतेको अधिवेशनमा विश्वासको मत लिने बताएको छ ।     


कस्तो लाग्यो ?

यो पनि