जेठ ०७, २०८१, सोमबार
               

एमालेको अवरोध जारी, नाराबाजीकै बीच राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइयो

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलले गरेको नाराबाजीकै बीचमा सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको पत्र सुनाएका छन् ।

सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठकको कारबाही सुरु गरेपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका थिए ।

एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था स्मरण गराएका थिए । 

नाराबाजीकै बीचमा सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको पत्र सुनाए । यस्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधयेक राष्ट्रिय सभाबाट पारित भएको आएको जानकारी गराए ।

सोमबारको कार्यसूची अनुसार बैठकले आफ्नो काम गरेसकेपछि करिम १० मिनेट चलेर बैठक सकियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते बस्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि