जेठ ०७, २०८१, सोमबार
               

केन्द्रीय कमिटी बैठकमा ओलीको जवाफ-प्रतिनिधिसभा विघटन ठीक थियो

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

जारी केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा बेठिक नरहेको पुन: जिकिर गरेका छन् । 

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटनको कारणबारे स्पष्ट पार्न र प्रतिवेदनमा उल्लेख गर्न भनेपछि ओलीले जवाफ दिने क्रममा ताजा जनादेशमा जाने कुरा कहिले पनि बेठिक नहुने भन्दै आफ्नो बचाउ गरेका हुन् । जवाफ दिने क्रममा ओलीले भने– ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’

बैठकमा माओवादीसँग पार्टी एकता गर्नुको कारण र नेकपा खारेजको विषयमा समेत प्रश्न उठेको थियो । जवाफ दिने क्रममा ओलीले माओवादीसँग पार्टी एकता सोचि विचारी नै गरेको बताएका छन् । उनले भने– ‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन ।’


कस्तो लाग्यो ?

यो पनि