जेठ ०७, २०८१, सोमबार
               

भीम रावलले गरे एमाले बैठक बहिस्कार

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका छन् । १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै रावलले बैठक छोडेका हुन् ।

बैठकमा पेश भएका विभिन्न दस्तावेजमा आफ्ना कुरा राखेपछि बैठक छोडेर बाहिरिएका हुन् । बैठक जारी रहेकै बेला ‘बैठकमा बस्नुको चौचित्य छैन’ भन्दै बाहिरिएका हुन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा आज उपाध्यक्ष रावलले १० बुँदे प्रस्ताव किन कार्यान्वयन नगरिएको भन्दै प्रश्न उठाएका थिए ।  

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेपछि समूह गठन गरी समूहगत छलफल भएको थियो ।

तर १० बुँदे प्रस्ताव कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै रावल तेस्रो दिनको बैठक जारी रहेकै बेला बैठक हलबाट बारिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि