जेठ ०७, २०८१, सोमबार
               

एमाले केन्द्रीय समिति बैठक : प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक  सुरु हुँदैछ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको छ । एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल बैठक स्थलमा आइपुगेका छैनन् ।

शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो ।  अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।

छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ। एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ । 


कस्तो लाग्यो ?

यो पनि