जेठ ०८, २०८१, मंगलबार
               

विपक्षीको विरोधबीच आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक राष्ट्रियसभामा टेबुल

नेपाल फ्ल्यास
असोज ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ राष्ट्रियसभामा टेबुल भएको छ ।

आज (शुक्रबार) बसेको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरेका हुन् ।

लगत्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक दश मिनेटका लागि स्थगित गरेका थिए । बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि