जेठ ०५, २०८१, शनिबार
               

बाबुराम, किरण र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेको छ : प्रचण्ड

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू एकीकृत बनाउने प्रयास भइरहेको खुलासा गरेका छन् । उनले देशमा साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकमा अस्थिरता मच्चाउने प्रयास भइरहेको भन्दै त्यसबाट जोगाउन पनि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी भएको पनि बताए ।

बिहीबार योङ्ग कम्युनिस्ट लीग (वाइसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले बाबुराम, मोहनविक्रम, मोहन वैद्य, र विप्लवसहितका नेताहरूसँग छरिएका कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउन छलफल भइरहेको बताएका छन् ।

प्रचण्डले माओवादी केन्द्र कमजोर भए गणतन्त्र मात्रै नभएर देश नै खतरामा रहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि