जेठ ०७, २०८१, सोमबार
               

अध्यक्ष ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो ।

विधान महाधिवेशनको तयारीका लागि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। बैठकमा विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि छलफल हुने जनाइएको छ।

एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म काठमाडौँमा हुने तय गरिएको छ। यसअघि साउनमा तय गरिएको विधान महाधिवेशन सरेको थियो।


कस्तो लाग्यो ?

यो पनि