बैशाख २८, २०८१, शुक्रबार
               

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल पक्का

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए ।

‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

तर, भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।


कस्तो लाग्यो ?

यो पनि