बैशाख १५, २०८१, शनिबार
               

माओवादी प्रवक्ताले भने-भोलिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन्। 

आज स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महराले गठबन्धन बैठक आज साँझ बालुवाटारमा बस्ने र भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने बताएका हुन्।

राजनीतिक दल सम्बन्धी अध्यादेशलाई अर्को विधेयक ल्याएर प्रतिस्थापन गर्ने तयारी रहेको पनि उनले जानकारी दिए। बिहीबार संसद बैठक बस्दैछ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेशलाई संसदमा पेश गरेको थियो।

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताए। दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उनले बताए।


कस्तो लाग्यो ?

यो पनि