काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न आयोगहरूलाई पूर्णता दिने सो पार्टीको तयारी छ ।