बैशाख ०८, २०८१, शनिबार
               

एमालेले बोलायो स्थायी समिति बैठक

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले स्थायी समिति बैठक बस्दैछ । आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बोलाएको एमालेले जनाएको छ । विधान महाधिवेशनमा पेस हुने तीनवटा प्रतिवेदनका बारेमा छलफल हुनेछ । ‘राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाहधिवेशनमा पेस हुने कार्यसूची छ । ती प्रस्तावमाथि छलफलका लागि स्थायी समिति बैठक बोलाइएको हो’, कार्यालय सचिव तामाङको भनाइ छ ।

पार्टीमा १० बुँदे कार्यान्वयनपछि नेताहरूको कार्यविभाजनबारे समस्याका देखिएको छ । तर आजको बैठकमा कार्यविभाजनबारे छलफल गर्ने एजेण्डा नरहेको तामाङको भनाइ छ । एमालेमा १० बुँदे कार्यान्वयन गर्ने भनिएपनि नेताहरूले जेठ २ अघिको जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् । खासगरी, सुदूरपश्चिम, बागमती र प्रदेश १ का इन्चार्जहरूले पूर्ववत अवस्थामा जिम्मेवारी नपाएको गुनासो छ । 


कस्तो लाग्यो ?

यो पनि