बैशाख १२, २०८१, बुधबार
               

आज एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज (आइतबार) बस्ने भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । एमालेले १५–१७  असोजमा विधान महाधिवेशनआयोजना गर्दै छ ।

त्यसअघि एमालेले च्यासलमै संविधान दिवसका अवसरमा कार्यक्रम गर्दैछ । बिहान ११ बजे आयोजना हुने संविधान दिवस कार्यक्रमका प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली रहने छन् ।

च्यासलमै साढे ११ बज पार्टी प्रवेश कार्यक्रम तय भएको छ  । 


कस्तो लाग्यो ?

यो पनि