बैशाख २०, २०८१, बिहीबार
               

राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन राष्ट्रपति भण्डारीको आह्वान

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस – २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दललाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट राजनीतिक उद्देश्य हासिल गर्न राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आह्वान गरेकी हुन् ।

भण्डारीले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने पनि बताएकी छन् ।

तत्कालीन जननिर्वाचित संविधान सभाबाट ३ असोज २०७२ मा संविधान जारी भएको थियो । 

यो पनि