बैशाख २९, २०८१, शनिबार
               

नेकपा एकीकृत समाजवादी सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा शर्मा

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

नेकपा (एकीकृत समाजवादी)ले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्च गठन गरेकाे छ । शनिबार धुम्बाहराहीमा आयोजित भेलाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको हो ।

भेलाले भीम शर्माको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेकाे छ । नवगठित मञ्चका पदाधिकारीलाई प्रमुख अतिथि तथा केन्द्रीय सदस्य विजय गुरुङले सपथ ग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले समाजवादी दृष्टिकोणले नै मुलुकलाई निकास दिने दाबी गरेका छन् । कार्यक्रम प्रदेश १ (क) सदस्य आङ ङिमा लामा, जुद्धबहादुर कार्की, सौमाया राईलगायत नेताहरूको सहभागिता थियो ।
 


कस्तो लाग्यो ?

यो पनि