जेठ ०५, २०८१, शनिबार
               

देउवा, प्रचण्ड र नेपाललाई भेटेर बाबुरामले दिए ५ बुँदे सुझाव

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका हुन् । 

बिहीबार तीनै जना नेताहरुको निवासमै गएर भेटेका भट्टराईले वर्तमान राजनीतिक अवस्थाको निकासका लागि विभिन्न ५ वटा सुझाव दिएका उनको सचिवालयले जानकारी दिएको छ । 

भट्टराईले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशको विषयलाई छिटो छिनोफानो गरेर सरकारलाई तत्काल पूर्णता दिनुपर्ने सुझाव दिएका छन् । 

यस्तै, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौताका विषयमा राष्ट्रिय सहमति कायम गरी पारित गर्ने सुझाव पनि भट्टराईले दिएका छन् । 

भट्टराईले संसदमा जारी अवरोध खुलाउन र बजेट पास गराउने वातावरण बनाउन प्रतिपक्षी दलसँग छलफल गर्ने, गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने सुझाव दिएका छन् । 

यस्तै, जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने विषयमा पनि भट्टराईले सुझाव दिएका जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि