बैशाख १४, २०८१, शुक्रबार
               

अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई भनिन् : तपाईं फर्केर एमालेमै आउनुस्

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

एमाले नेतृ अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । साथै उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् । बिहीबार काठमाडौ जिल्लाका एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएकी हुन् ।

‘मेरो प्रस्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ’, शाक्यले भनिन्, ‘माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ ।’

साथै उनले नेकपा विभाजनपछि आफु लामो समय बाहिर बस्नुपर्दा धेरै पीडाबोध भएको गुनासो पनि गरिन् ।

वागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी शाक्यले नेकपा विभाजनपछि लामो समय एमाले हुन नसके भन्दै एमालेभन्दा बाहिरै बस्नुपरेको गुनासो सुनाइन् ।


कस्तो लाग्यो ?

यो पनि