जेठ ०५, २०८१, शनिबार
               

प्रदेश १ मा पाँच मन्त्री थपिँदै

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पाँचजना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाकार देवेन्द्र कार्कीले जानकारी दिए । 

उनका अनुसार दुई मन्त्री र तीन राज्यमन्त्री थप्नेबारे छलफल भइरहेको छ । नवनियुक्त मन्त्रीहरूलाई आज नै सपथ गराउने कार्यक्रमसमेत तय भएको कार्कीले बताए ।

मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको र राज्यमन्त्रीका विषयमा छलफल भइरहेको उनकाे भनाइ छ । तुलसी न्यौपाने र हिरा थापाको नाम मन्त्रीमा टुंगो लागिसकोको तर, कुन मन्त्रालय दिने भन्नेमा छलफल भइरहेको कार्कीले बताए । 

यस्तै राज्यमन्त्रीमा उत्तम बस्नेत, ज्ञानेश्वर राजवंशी, यशोदा अधिकारी, नरेन राई र अम्बिका थापाको नामको विषयमा अहिले मुख्यमन्त्री कार्यालयमा छलफल भइरहेको छ । बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले भने मन्त्री हुन अस्वीकार गरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि