बैशाख २१, २०८१, शुक्रबार
               

जनमत पार्टीको केन्द्रीय समितिको बैठक जनकपुरधाममा शुरु

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । डा. सिके राउतले नेतृत्व गरेको पार्टी जनमत पार्टीको केन्द्रीय समितिको बैठक बुधबारदेखि दुई दिनसम्म जनकपुरधाममा शुरु भएको छ ।

सचिवालयका पदाधिकारी, पार्टीका केन्द्रीय सदस्यहरु, मोर्चाका प्रमुखहरुसहित २ सयभन्दा बढीको सहभागिता रहेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धमा छलफल हुने पार्टीका उपमहासचिव वसन्त कुशवाहाले बताएका छन् ।

पार्टी अध्यक्ष डा.राउतको अध्यक्षतामा बसेको बैठकमा आउने चुनावलाई लक्षित गरेर रणनीति बनाइने र त्यहीअनुरुप केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि