जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रिय सभामा एमालेको फेरि अवरोध, शोक प्रस्ताव पारित गरेर रोकियो बैठक

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय सभाको असोज ५ बजेसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष गणेश तिमल्सिनाले धारणा राख्न समय दिएका थिए ।

सांसद् भगवती न्यौपाने प्रतिनिधि सभाका सभामुखले निष्पक्ष काम नगरेको भन्दै बैठक संचालन हुन नदिने बताए । सरकार र सबैको ध्यान गएको भन्दै अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रिय सभाको कारबाही अघि बढाउन आग्रह गरेका थिए ।

एमाले सांसदहरूले नमानेपछि कार्यसूचीमा भएका अन्य विषय हटाएर शोक प्रस्ताव पारित गर्ने विषय रहेको जानकारी दिएपछि एमाले संसदहरु बसेका थिए । शोक प्रस्ताव पारित गर्दै आजको बैठक सकिएको छ । अर्को बैठक असोज ५ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि