बैशाख १४, २०८१, शुक्रबार
               

दश बुँदेमा नेकपा बनेको कुरालाई पनि मनन गरिएको छ : भीम रावल

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताएका छन् । 
मंगलबार धनगढीमा आयोजीत एमाले जिल्ला कार्यकर्तासँग भेट गर्दै नेता रावलले १० बुँदे सहमतिले पार्टीलाई एकतावद्ध गर्न मद्दत पुर्‍याएको बताए ।

'जुनबेला स्थायी कमिटी र केन्द्रीय कमिटीले १० बुँदेलाई अनुमोदन गर्‍यो । जुनबेला हाम्रा कमिटीहरू भंग भएका थिए, कतिपय सदस्यहरूलाई पार्टीबाट निकालिएको थियो', नेता रावलले भने, 'त्यसबेला त पार्टी फुटाएनौं भने प्रतिनिधि सभा पुनर्स्थापना भइसक्यो । १० बुँदे हस्ताक्षर भइसक्यो । ९ औं महाधिवेशनको मिति कार्यक्रम र संगठनात्मक प्रणाली  र सिद्धान्त उही छ । अर्को पार्टी नखोलौं भन्यौं ।'

पार्टी एकताका लागि प्रस्ताव पारित गरिए पनि नेपालले केही केन्द्रीय कमिटीका सदस्यको हस्ताक्षर गरेर निर्वाचन आयोगमा अर्को पार्टी गठन गर्नु आफ्नो ५० वर्षको पार्टी जीवनमा सबभन्दा दु:खको दिन भएको रावलले बताए । उनले भने, 'एमालेले स्वाधिनताको रक्षा गर्छ, जनताका हकहितका लागि यो पार्टी अग्रिम मोर्चामा रहेर काम गर्छ भनेर विश्वास गरेकोमा विभाजनले पीडा दियो ।'


कस्तो लाग्यो ?

यो पनि