जेठ ०६, २०८१, आइतबार
               

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी समिति सदस्य देव गुरुङले जनाकरी दिनुभयो । माओवादी केन्द्रको प्रदेश र स्थानीय तहको सांगठनिक संरचनाका साथै पछिल्लो समयको राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको अर्का एक नेताले बताए ।

सरकारको कामकारवाहीको विषयमा पनि समीक्षा गर्ने एजेण्डा राखिएको छ । सरकारमा सहभागी माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरिसकेको छैन । तर, एमसीसीको विरोधमा माओवादी केन्द्रका भ्रातृ संगठनले भने विरोध गरिरहेको छ ।

माओवादी केन्द्रको तर्फबाट मन्त्रीमा सहभागी हुने नामको पनि अहिलेसम्म टुंगो लगाइसकेका छैन । अब माओवादी केन्द्रबाट चार जना मन्त्री हुन पाउने गरी भागवन्डा मिलाइएको छ । यसअघि दुई मन्त्री सरकारमा सहभागी भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि