बैशाख १४, २०८१, शुक्रबार
               

आज प्रतिनिधिसभाको बैठक बस्दै, होला त एमाले मत्थर ?

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको जारी नवौँ अधिवेशनको बैठक आज (मंगलबारए दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । । तर त्यसलाई जसरी पनि रोक्ने रणनीतिमा नेकपा (एमाले) छ ।

सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट ल्याएका थिए । त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १५ जेठम अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले काँटछाँट गरिदिएको छ ।  

तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो । २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

मंगलबारको सम्भावित कार्यसूचीमाअर्थमन्त्री शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । तर, एमाले हरेक बैठकमा बेल घेर्दै आएको छ । आइतबारको संसद बैठक पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको थिएन । 

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्ता गठबन्धन दलका नेताहरू सहभागी भए पनि प्रमुख प्रतिपक्षी एमालेका नेताहरू सहभागी भएनन् । त्यसकारण बैठकले कुनै ठोस निर्णय गर्न सकेन ।

एमालेले पछिल्लो पटक दुई वटा सर्त ल्याएको छ । एमालेले कारबाही गरेका १४ सांसदको सूचना टास गर्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रसस्तुत गर्नुपर्ने  । तर, कारबाही विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यसबारे संसदमा टिप्पणी गर्न नमिल्ने सभामुख सापकोटाले बताउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि