जेठ ०४, २०८१, शुक्रबार
               

एमाले सुदूरपश्चिम इन्चार्ज विवाद

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली आइपुगेका छन् । 

सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् ।

लेखराज भट्टका स्वकीय सचिव उद्धव भट्टराईले भोलि (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका बारेमा छलफल भएकाले सोही छलफलमा सहभागी हुन कैलाली आएको बताए ।

यसैगरी बुधबार कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजका बारेमा छलफल रहेको उनले बताए । ‘यहाँका विकासका सवालमा छलफल गर्न इन्चार्जज्यू कैलाली आउनु भएको हो,’ स्वकीय सचिव भट्टराईले भने, ‘दुई दिनसम्म यहाँका विकास निर्माणका काममा छलफल हुनेछ ।’

स्वकीय सचिव भट्टराईले एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जकै रुपमा लेखराज कैलाली आएको दाबी गरे । ‘भोलि एमालेको केन्द्रीय कमिटी बैठक छ,’ उनले भने, ‘सो बैठकले जिम्मेवारी हेरफेर गरे उहाँको भूमिका फेरिन सक्ला । तर अहिले इन्चार्ज उहाँ नै हो, सुदूरपश्चिममा इन्चार्जकै भूमिकामा आउनुभएको हो ।’


कस्तो लाग्यो ?

यो पनि