जेठ ०४, २०८१, शुक्रबार
               

केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले दायर गरेको तीन मुद्दामध्य दुई वटा मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेशसभा सदस्यहरु लगायतलाई विपक्षी बनाउँदै १७ भदौमा सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए । 

जसमाथि सुनुवाइ गर्दै एउटा रिटमाथि अन्तरिम आदेश दिन नसकिने जनाइएको थियो भने अन्य दुई रिटमाथि दुवै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने आदेश भएको थियो । 

भदौ २२ मा सर्वोच्चले तीनवटै रिटमाथि तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुईवटा रिटमाथि भने छलफलका लागि दुवै पक्षलाई डाकेको बोलाएको थियो । 

अध्यक्ष ओलीले एकीकृत समाजवादी दर्ता बदर हुनुपर्ने मागसहित दायर गरेको मुद्दामाथि छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । 


कस्तो लाग्यो ?

यो पनि