बैशाख २९, २०८१, शनिबार
               

एकीकृत समाजवादीद्वारा भक्तपुरमा ७७ सदस्यीय जिल्ला समिति गठन

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

एकीकृत समाजवादीको भक्तपुर जिल्ला कमिटी गठन

योहो संवाददाता

२७ भाद्र २०७८, आइतबार

26Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले भक्तपुरमा ७७ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । नेकपा (एमाले)का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।

नेता बस्नेत यसअघि गठन गरिएको एमालेको समानान्तर जिल्ला समितिका सचिव थिए । समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन् ।

नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीको उपस्थितिलाई बलियो बनाइने जानकारी दिए ।

    


कस्तो लाग्यो ?

यो पनि