जेठ ०४, २०८१, शुक्रबार
               

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । उक्त बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेको लागि बोलाइएको छ ।

केही दिन अघिबाट बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ । गत शुक्रबारको बैठकमा पनि एमालेले विरोध जनाउँदै रोष्टम घेराउ गर्न खोजेको थियो ।

तर, मर्यादापालकले रोकेको थियो । आज बस्ने बैठकमा विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ । उक्त बैठकमा सांसद् प्रेम सुवालले शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन् । 

त्यसेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि