जेठ ०४, २०८१, शुक्रबार
               

एमालेको विधान अधिवेशन असोज दोस्रो साता

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान अधिवेशन आगामी आसोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष  केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले राससलाई जानकारी दिए । यसअघि अधिवेशन असोज ४ देखि ६ गतेभित्र आयोजना गर्ने निर्णय भएको थियो । 

दस्तावेज तयारीका निम्ति पर्याप्त समय नएकाले विधान अधिवेशनको मिति सारिएको जानकारी  दिँदै त्यससम्बन्धमा थप छलफल गर्न स्थायी कमिटीको बैठक असोज ३ र ४ गते डाकिएको उनले बताए ।  अबको स्थायी कमिटी बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुनेछ भने स्थायी कमिटीको बैठकबाट उक्त प्रस्ताव पारित भएपछि असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने उहाँले जानकारी दिए । 

बैठकले अधिवेशनका लागि तीन हजार प्रतिनिधि हुने निर्णय गरेको छ । अघिल्लो अधिवेशनमा प्रतिनिधि परिषद् सदस्य र महाधिवेशन प्रतिनिधि स्वतः प्रतिनिधि हुने गरेका थिए तर यसपटक पार्टीको नवौं महाविधेशनपछि परिषद् निर्वाचित नगरेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि बाधा अड्काउ फुकाउको व्यवस्था गरिएको उनले जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि