जेठ ०४, २०८१, शुक्रबार
               

एमसीसी सम्झौता अस्वीकार गर्नुपर्छ भन्दिनँ - योगेश भट्टराई

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमसीसी सम्झौता अस्वीकार नै हुनुपर्छ भनेर आफ्नो पार्टीले नभन्ने बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता भट्टराईले आवश्यक संशोधनसहित एमसीसी सम्झौता स्वीकार गर्न सकिने स्पष्ट पारे ।

‘एमसीसी रिजेक्ट गर्नुपर्छ, हुँदै हुन्न भन्ने हाम्रो धारणा होइन’, उनले सञ्चारकर्मीहरुसँग भने, ‘आवश्यक संशोधन गरी संसदबाट पारित गर्न सकिन्छ ।’

उनले उक्त सम्झौता सरकारले संसदमा टेवल नगरेसम्म एमालेले त्यसबारे आधिकारिक निर्णय नदिनेसमेत उल्लेख गरे ।


कस्तो लाग्यो ?

यो पनि