जेठ ०४, २०८१, शुक्रबार
               

सभामुख सापकोटाविरुद्ध महाभियोग हुन सक्छ : महेश बस्नेत

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । 

उनले सभामुख अग्निप्रसाद सापकोटाले एमालेलाई कमजोर पार्ने भूमिका खेलेको पनि जिकिर गरे । उनले सभामुखले एमालेले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सूचना जारी नगरेकोमा पनि गुनासो पोखे ।

उनले सभामुख सापकोटाविरुद्ध आफ्नो पार्टीले महाभियोगको प्रस्ताव ल्याउनसक्ने पनि घोषणा गरेका छन् । तर, आफूहरु भदौ २८ गतेसम्म अदालतको फैसला कुरेर बसेको पनि उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि