जेठ ०४, २०८१, शुक्रबार
               

सभामुखले हाम्रो कुरालाई वास्ता नगर्दा समस्या भयो : योगेश भट्टराई

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताए ।

पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेको थियो । तर सभामुख सापकोटाले उक्त कारबाहीलाई मान्यता नदिएपछि नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । नेता भट्टराईले सभामुखले एमालेको कुरा सुन्नै नचाहेकाले समस्या भएको बताए ।

संसदमा सभामुख सत्तापक्ष र प्रतिपक्षको बीचको भूमिका रहनुपर्ने भन्दै भट्टराईले सभामुखले एमालेप्रति गरेको व्यवहार निष्पक्ष नभएको बताए ।


कस्तो लाग्यो ?

यो पनि