जेठ ०४, २०८१, शुक्रबार
               

एमाले स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ ।

संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठक शनिबार बिहान तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।

‘एमालेले आगामी असोज ४ गतेदेखि ६ गतेसम्म बस्ने विधान अधिवेशनका लागि प्रतिनिधि चयन, दस्ताबेज लेखन र व्यवस्थापनको तयारीका लागि बैठक डाकिएको हो,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि