जेठ ०४, २०८१, शुक्रबार
               

प्रतिनिधि सभा बैठक : बैठक सुरु हुनासाथ एमाले सांसदको होहल्ला र नाराबाजी

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले नाराबाजी थालेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्नेवित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् ।

सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताए ।

उनले जनताका जल्दा बल्दा समस्या बाढी पहिरो, जनताका विभिन्न समस्याका बारेमा बोल्न खोजेको बताउँदै एमाले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएको भन्दै सदन सञ्चालन गर्न दिन आग्रह गरे ।

एमाले सांसदहरुले नारावाजी जारी राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि