बैशाख ०७, २०८१, शुक्रबार
               

सुमारलाई प्रचण्डको जवाफ : राष्ट्रिय सहमति जुटाएर मात्र अगाडि बढाउन सकिन्छ

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

 काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका छन् ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आज बिहान आफ्नै निवासमा भएको भेटमा प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएर मात्रै यसलाई पारित गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका हुन्  । आफूहरुको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उनको भनाइ थियो ।

भेटमा उपाध्यक्ष सुमारले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गरिन् । उनले आफूहरु कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमण भएको बताइन् ।

माओवादी केन्द्रभित्र एमसिसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गर्नुपर्ने दुईथरी विचार छ ।


कस्तो लाग्यो ?

यो पनि