जेठ ०४, २०८१, शुक्रबार
               

आज एमालेको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्ने भएको छ ।

उक्त बैठक दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बताइएको छ ।

बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले विधान महाधिवेशन ४ असोजदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि