जेठ ०४, २०८१, शुक्रबार
               

आज सत्ता गठबन्धनको बैठक बस्दै

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दै छ । उक्त बैठक मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा केन्द्रित छलफल गर्न बस्न लागेको हो । 

गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।  

सरकार गठन भएको करिब दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनले सम्भवतः आज पूर्ण दिने जनाइएको छ । सरकारलाई पूर्णता दिने बारेमा यसअघि गठबन्धनका नेताहरु पटक–पटक छलफलमा जुटे पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन् । 

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३० असार २०७६ मा प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको एमसिसी पारित गर्ने या नगर्ने भन्ने विषयमा पनि सत्ता गठबन्धनका नेताले बैठकमा साझा धारणा बनाउने सचिवालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि