बैशाख १३, २०८१, बिहीबार
               

यथास्थितिमा एमसीसी पास हुन सक्दैन : नारायणकाजी श्रेष्ठ

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार पार्टीको प्रवास कमिटीको भर्चुअल माध्यमबाट भएको पदभार हस्तान्तरण तथा नयाँ नेतृत्वलाई स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज श्रेष्ठले यथास्थितिमा एमससीसी पास हुन नसक्ने स्पष्ट पारेका हुन् । 

माओवादी केन्द्रले नै नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र ध्रुवीकरण गर्ने बताउँदै श्रेष्ठले प्रवासमा रहेका लाखौँ नेपालीहरुलाई गोलबन्द गरेर नेपालमा पार्टी र संगठन विस्तार गर्न सकिने धारणा राखे । जहाँ रहेपनि नेपालको परिवर्तन र पार्टीको पक्षमा महत्वपूर्ण भूमिका खेल्न पनि उनको आग्रह थियो । 

सो क्रममा समन्वय कमिटीका पदाधिकारीहरुले अहिलेको समसामयिक विषयवस्तुबारे आफ्ना धारणा राखेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष युवराज चौलागाईंलाई प्रवास कमिटीको नेतृत्वमा रहेर महत्वपूर्ण काम गरेकामा इन्चार्ज श्रेष्ठ, अध्यक्ष ओम शर्मा र सचिव टीबी पाठकले धन्यवाद दिएका थिए । 

पद हस्तान्तरण कार्यक्रममा बोल्दै चौलागाईंले प्रदेश कमिटीलाई आफ्नो आगामी दिनमा पनि साथ र सहयोग निरन्तर रहने बताए । यस्तै नवनियुक्त अध्यक्ष ओम शर्माले प्रवासमा पार्टीको कामलाई सशक्त बनाउने र सबैलाई संगठनमा जोड्ने गरी कार्ययोजना ल्याउने बताए । सो क्रममा चौलागाईंले अध्यक्ष शर्मालाई प्रदेश समन्वय कमिटीको माइन्युट, संगठनका विवरणलगायतका डकुमेन्ट हस्तान्तरण गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि