जेठ ०४, २०८१, शुक्रबार
               

भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुन्छ एमाले ?

नेपाल फ्ल्यास
भदौ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठक पनि सहजै संचालन हुने सम्भावना देखिँदैन । भोलि दिउसो १ बजे बस्ने गरी बोलाइएको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ । एमालेको विरोधका कारण बुधबार तीनपटक सम्म संचालन हुन नसकेर सभामुखले बैठक भोलिका लागि बोलाएका छन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदका हिजो उठाएको विषय निरन्तर जारी राख्ने बताए । ‘सभामुखले जे गरेपनि हुन्छ भन्ने सोचेका छन्, हामी त्यसको निरन्तर प्रतिवाद गर्छौँ,’ भट्टराईले भने । उनले भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आजै शीर्ष नेताहरूसँग बसेर छलफल गरिने बताए ।

आफ्ना सांसदलाई कारबाही गर्ने अधिकार एमालेसँग रहेको भन्दै भट्टराईले कारबाही गर्नुपर्ने सांसदलाई सभामुखले तत्काल कारबाही नगरी १४ दिनसम्म रोकेर राखेको उनले बताए ।

‘आफ्नो पार्टीले कारबाही गरेका टोपबहादुर, रामबहादुर तथा सरिता गिरीलगायतलाई सभामुखले तत्कालै कारबाहीको सूचना निकाल्ने अनि हाम्रो पार्टीले कारबाही गरेका सांसदलाई १४ दिनसम्म रोकेर राख्ने,’ भट्टराईले भने, ‘यस्तो गद्दारी गर्ने सभामुखविरुद्ध संसदमा निरन्तर विरोध जारी रहन्छ ।’

भट्टराईले सभामुख पार्टी विभाजनको मतियार बनेको आरोप पनि लगाए । बुधबारको संसद बैठकमा पनि उनले संविधान, नियम, नीति, विधि उल्लंघन गरेर नेकपा एमालेलाई विभाजन गरिएको भन्दै सभामुखसँग जवाफ माग गरेका थिए । लगत्तै सभामुख सापकोटाले आफूले प्रचलित कानूनका आधारमा निर्णय लिएको जवाफ दिएका थिए ।  
 


कस्तो लाग्यो ?

यो पनि