बैशाख २०, २०८१, बिहीबार
               

बागमतीमा मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ?

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्रीसहित सरकार विस्तार गरेकी छन् । 

अब शाक्य नेतृत्वको वागमती प्रदेश सरकार १२ सदस्यीय बनेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का, सामाजिक विकास मन्त्रीमा विजय सुवेदी, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा शान्तिप्रसाद पौडेल, स्वास्थ्य मन्त्रीमा प्रदीपकुमार कटुवाल क्षेत्री, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा डा. अजय क्रान्ति शाक्य र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा भन्द्र लामा नियुक्त भएका छन् ।

त्यसैगरी जीवन खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटी उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र बद्रि मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् ।

यसअघि बागमती प्रदेश सरकारमा मुख्यमन्त्री शाक्य र भौतिक पूर्वाधार विकास मन्त्री केशव पाण्डेमात्र थिए । 


कस्तो लाग्यो ?

यो पनि