बैशाख २०, २०८१, बिहीबार
               

संसद बैठकअघि सत्ता गठबन्धनको बैठक

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । संघीय संसदको बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ३ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको एक नेताले बताए । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहनेछ । 

बैठकमा सत्तारुढ दलको तर्फबाट संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति बनाइने बताइएको छ । यस्तै संसदको लैजाने एजेन्डालगायतका विषयमा पनि छलफल हुने छ । 

आज राष्ट्रपतिको आह्वानमा अपराह्न ४ बजे संसद बैठक बस्दैछ भने एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि