बैशाख २०, २०८१, बिहीबार
               

प्रधानमन्त्री देउवाका छोरा जयवीरले लिए कांग्रेसको सदस्यता

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवंम् प्रधानन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् । 

२६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् ।

काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एक सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह देउवा पनि परेको बताए ।

बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका छन् । 

उनलाई वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी समेत वडा कमिटिले गरेको छ । वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएपछि उनी सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि