बैशाख २०, २०८१, बिहीबार
               

बामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकबाट बाहिरिइन्

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भए पनि बैठक सुरु नहुँदै संसद् भवनबाट बाहिरिएकी छिन् । एमालेले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली समयमा नआएकाले बैठक ढिला सुरु भएको थियो ।

बैठकस्थल संसद् भवनमा ओली आएलगत्तै उनी बाहिरिएकी थिइन् । थापाले पार्टी विभाजनका बेला माधवकुमार नेपाललाई साथ दिन खोजे पनि कानुनी अड्चनका कारण उनी एमालेमै रोकिएकी थिइन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका उनका श्रीमान् वामदेव गौतमले भने एमालेबाट सबै जिम्मेवारी त्यागिसकेका छन् ।

 

यो पनि