बैशाख २०, २०८१, बिहीबार
               

ताप्लेजुङमा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका २१ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । नयाँ दल रोज्नलाई दिइएको समयसीमाको अन्तिम दिन मंगलबार सम्ममा २१ जना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली, मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेलले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

यस्तै, मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, सोही गाउँपालिका वडा नं. ३ खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका वडाध्यक्ष सुरेन्द्र लिम्बू, आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेका डम्बरबहादुर लिम्बू र फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपानेले एकीकृत समाजवादीमा सनाखत गरे । उनीहरुबाहेक एकीकृत समाजवादी रोज्नेमा एकजना जिल्ला समन्वय समिति सदस्य छन् भने चारजना नगर तथा गाउँ कार्यपालिका सदस्य र बाँकी वडा सदस्य छन् ।

नौ पालिका र ६१ वडा रहेको जिल्लामा २०७४ सालमा निर्वाचित स्थानीय तहका ३२१ जनप्रतिनिधिमध्ये पाँच मेयर/अध्यक्ष र पाँच उपाध्यक्षसहित १७३ जना एमालेका छन् । त्यसैगरी जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित सबै पदमा एमालेबाटै निर्वाचित भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि